सामर्थ्य नेपालको परिचयात्मक कार्यक्रम आज काठमाण्डौमा सम्पन्न

img-featured

 
 
सामर्थ्य नेपालको परिचयात्मक कार्यक्रम आज काठमाण्डौमा सम्पन्न
 
युवराज न्योपाने, भदौ २१
बिशुद्व राजनीतिबाट अलग रहेर युवा शक्तिहरु एक हौं र सबै मिली देशलाई नयाँ पाटोमा लगौं र आजका सिर्जनशिल युवाहरू एक हौ भन्दै देशभर गठन हुदै, त्यस लगत्तै विभिन्न कार्यक्रम गर्दै आइरहेको सामर्थ्य नेपालले आज नेपालकै केन्द्र काठमाडौमा भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ ।
 
निश्चल लम्सालको संयोजकत्वमा सुरुवात भएको कार्यक्रममा प्रमुख अथितीमा सामर्थ्य नेपालका केन्द्रिय संयोजक अर्जुन भुसाल रहनुभएको थियो । कार्यक्रममा सामर्थ्य नेपाल पश्चिम् नेपाल प्रमुख केपि खनालले सामर्थ्य नेपाल बारे प्रकास पार्दै आफ्नो मन्तब्य राख्नु भएको थियो । त्यस्तै समाजसेवी तारा प्रसाद अर्याल , चन्द्र बिक , टेकराज कठायत , नरदेव न्यौपाने , डम्बर बम , आकृति बिष्ट , पत्रकार टंककला तिमिल्सेना , पत्रकार युवराज न्यौपाने , शिवराज जैशी , अनुप लामिछाने आदिले आफ्नु बेजोड मन्तव्य सबैका अगाडी प्रस्तुत गर्नुभएको थियो । सबैले आफ्नो मन्तब्यमा आजको आवश्यकता भनेको राजनीति अराजकता नभई युवाहरु एकताबद्द भएर देश निर्माणमा लाग्नु पर्छ भन्ने कुरा राख्नुभएको थियो ।
 
सामर्थ्य नेपालका केन्द्रिय संयोजक भुसालले आफू र हाम्रो संस्था कुनै व्यक्तिगत वा संस्थागत र राजनीति स्वार्थमा नलागी समाज परिवर्तन गर्न चाहने युवाहरुलाई एकजुट बनाउने उद्देश्यले सामार्थ्य नेपाल स्थापना भएको बताउनु भयो भने उक्त परिचयात्मक कार्यक्रमको सञ्चालन युवा समाजसेवी सचिन तिमिल्सिनाले गर्नु भएको थियो ।
 
यसैबिच आजै सोही कार्यक्रमका बिच नेपालका अन्य सात जिल्लामा सामर्थ्यको जिल्ला समिति गठन गरिएको छ जसमा कालिकोट जिल्ला संयोजकमा गोविन्द शाही,पाचथर जिल्ला संयोजकमा दिनेश केरुङ ,स्याङ्जा जिल्ला संयोजकमा हृदयस अर्याल, धादिङ जिल्ला संयोजकमा श्याम विश्वकर्मा , काठमाडौ(कैलाली जिल्ला संयोजकमा निर्मल लम्साल, सचिवमा आकृती बिष्ट र सिमरा जिल्ला संयोजकमा प्रज्वल दाहाल नियुक्त हुनु भएको कुरा काठमाण्डौ बाट मित्र केपी खनालले नेपालगन्ज टाइम्सका प्रदेश नं ७ ब्यूरो प्रमुख यज्ञराज उपाध्यायलाई जानकारी दिनु भएको हो ।

radio programs

View All
  • On air शुभ प्रभात -by
  • up next बि.बि.सी नेपाली सेवा -by