शान्ति सुरक्षालाई बलियो बनाउन सबैसंग सहकार्य गरेर अगाडि बढ्छुः डि.एस.पी. कार्की

img-featured

 
 
 
लोकेन्द्र रावल टीकापुर भदौ, २० / कैलाली ईलाका प्रहरी कार्यालय टीकापुरका नव नियुक्त प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) टिका बहादुर कार्कीले टीकापुरको शान्ति सुरक्षालाई बलियो बनाउनका लागि सबैसंग सहकार्य गरेर अगाडि बढ्ने बताउनु भएको छ । ईलाका प्रहरी कार्यालय टीकापुरले आज टीकापुरका संचारकर्मीहरुसंग आयोजित भेटघाट तथा परिचयात्मक कार्यक्रममा बोल्दै डिएसपी कार्कीले सो कुरा बताउनुभएको हो । 
 
भर्खरै मात्र सरुवा भएर आउनु भएका डिएसपी कार्कीले टीकापुरको हितका लागि यहाँका जनप्रतिनिधि, राजनीतिक दल, उद्योगी, व्यवसायी, संचार क्षेत्र लगायत सबै पक्षसंग समन्वय र सहकार्य गरेर अघि बढ्ने बताउनभयो । उहँले सबैको सल्लाह, सुझाव र सहयोगका आधारमा आफूले यस क्षेत्रको सुरक्षा व्यवस्था सकेसम्म राम्रो गर्ने प्रतिवद्धता समेत जनाउनुभयो । 
 
कार्यक्रममा सहभागि पत्रकारहरुले टीकापुरको सुरक्षा व्यवस्थापन, लागु पदार्थ दुव्र्यशनी नियन्त्रण, चोरी निकासि, चेलीबेटी बेचविखन, सिमा सुरक्षा लगायतका विषयमा ध्यान दिन सुझाव दिएका थिए । यस्तै कार्यक्रममा सहभागि अधिकांश पत्रकारहरुले प्रहरी प्रशासनले सूचना प्रवाह गर्ने क्रममा आनकानी गर्न नहुनेमा जोड दिएका थिए ।
 
 डिएसपी कार्की यस अघि प्रहरी युक्ति महाविद्यालय जर्गाहा नवलपरासीमा कार्यरत हुनुहुन्थ्यो । ९० जना सुरक्षाकर्मीको दरबन्दी रहेको ईलाका प्रहरी कार्यालय टीकापुरमा १ जना प्रहरी नायव उपरीक्षक, २ जना प्रहरी निरीक्षक, ६ जना प्रहरी नायव निरीक्षक, ९ जना प्रहरी सहायक निरीक्षक, १३ जना प्रहरी हवल्दार, प्रहरी जवान ३२ जना, प्रहरी कार्यालय सहयोगि ३ जना रहेको ईलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायव निरीक्षक निरक रावलले जानकारी दिनुभयो ।
 

radio programs

View All
  • On air भजनहरु -by
  • up next आजको कबिता -by