कैलालीमा बाढीले कृषिमा आठ करोड ४४ लाखको क्षति ।

 
लम्की कैलाली भदौ २० /  कैलालीमा बाढीका कारण कृषिबालीमा आठ करोड ४४ लाख रुपिया बराबरको क्षति भएको छ । गत साउन २८ गते आएको बाढीले जिल्लाको पुर्वि तथा दक्षिणि क्षेत्रमा पर्ने भजनी र टीकापुर नगरपालिकामा सबैभन्दा बढी क्षति पु¥याएको जिल्ला कृषि विकास कार्यालयले जानकारी दिएको छ ।
 
बाढीले टीकापुर नगरपालिका, भजनी नगरपालिका, लम्कीचुहा नगरपालिका, घोडाघोडि नगरपालिका, जानकी गाउ पालिका, जोशिपुर गाउपालिकामा धेरै क्षेति पु्र्याएको थियो । कार्यालयले दिएको जानकारी अनुसार बाढीले ७ सय ५० हेक्टर जमिनमा लगाइएको धानबाली पूर्ण रुपमा क्षति भइ चार करोड २५ लाख रुपिया बराबरको नोक्सान भएको जनाएको छ । बाढीबाट चार हजार हेक्टर जमिनमा लगाइएको धानबाली प्रभावित भएकोमा ७ सय ५० हेक्टरमा रहेको धानबाली पूर्ण रुपमा नष्ट भएको वरिष्ठ कृषि विकास अधिकृत युवराज पाण्डेयले बताउनुभयो ।
 
जिल्ला कृषि विकास कार्यालयले कृषिमा भएको क्षतिको विवरण सङ्कलन गरेर कृषि मन्त्रालयमा पठाएको छ । प्रारम्भिक चरणमा दुई नगरपालिकाको विवरण मन्त्रालयमा पठाएको र अझै अन्य ठाउँबाट थप विवरण आउन बाँकी रहेकाले क्षतिको मात्रा बढ्न सक्ने पाण्डेयले जानकारी दिनुभयो । बाढीका कारण धानबालीमा क्षति भएको क्षेत्रका किसानलाई स्थानीय तहले विभिन्न सेवा सुविधा दिन सक्ने जिल्ला कृषि विकास कार्यालयले जानकारी दिएको छ । बाढीका कारण कैलालीमा ३ हजार ५ सय घरपरिवार विस्थापित भएका थिए । कतिपय घरपरिवार अहिले सम्म पनी घर फर्कन सकेका छैनन् ।
 

radio programs

View All
  • On air भजनहरु -by
  • up next आजको कबिता -by