सरसफाई कार्यक्रम सम्पन्न ।

img-featured

 
 
लम्की भदौ १९ / नेपाल रेड्क्रस सोसाइटीको ५५ औ स्थापना दिवसको अवसरमा आज लम्कीचुहा नगरपालिका ५ चौरीमा रहेको जन जागृति माविमा सरसफाइ गरीएको छ । जुनिय रेड्क्रस सर्कल जन जागृती मा वि चौरीको आयोजनामा विद्यालय परिसरमा सरसफाई गरीएको विद्यालयले सामुदायिक रेडियो पश्चिम आवाजलाई जानकारी दिएको छ । कार्यक्रममा विद्यालयमा जुनियर रेडक्रस सर्कलमा आबद्ध विद्यार्थिहरुको सहभागिता रहेको थियो ।
 
 
कार्यक्रमा विद्यालय ब्यावस्थापन समितिका  अध्यक्ष कृष्णबहादुर बडुवाल, प्रधानाध्यापक  झनक प्रसाद जैशी, शिक्षक नायक  नारायण प्रसाद  काफ्ले , सहायक शिक्षक नायक  तुलसा भन्डारी र सहायक प्रधानाध्यापक  मोतीप्रसाद उपाध्यायको सहभागिता रहेको थियो । कार्यक्रम जुनियर  रेडक्रस सर्कलका  अध्यक्ष सचिन चौधरीको सभापतित्त्वमा सम्पन्न भयो ।
 

radio programs

View All
  • On air शुभ प्रभात -by
  • up next बि.बि.सी नेपाली सेवा -by