टीकापुरमा सुपथ मूल्य पसल संचालन ।

 
 
लोकेन्द्र रावल टीकापुर, भदौ १९ ्र÷साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड डिपो कार्यालय, टीकापुरले सोमबारबाट सुपथ मुल्य पसल संचालनमा ल्याएको छ । डिपो कार्यालय टीकापुरले सुपथ मूल्य पसलबाट नुन र चिनी बिक्रि बितरण गरेको छ । प्रति किलो चिनी  ७७ रुपैया ५० पैसा र नून प्रतिकिलो १८ रुपैयामा  बिक्री बितरण भईरहेकोे सुपथ मूल्य पसल टीकापुरका प्रमुख तेजवहादुर कुँवरले बताउनुभयो । 
 
कुँवरले सुपथ मूल्य पसलबाट प्रति व्यक्तिले चिनी र नुन छ किलोसम्म मात्र खरिद गर्न सक्ने बताउनुभयो । चिनीको बजार मूल्य टीकापुरमा प्रति किलो ८५ रुपैयामा  रहेकोमा सुपथ मूल्य पसल सञ्चालनसंगै उपभोक्ताले केहिमात्रा भएपनि राहत पाउने छन् । 
 
टीकापुरका उपभोक्ताले बजार मूल्यको तुलनामा सुपथ मूल्य पसलबाट प्रति किलो चिनीमा ७ रुपैया  ५ पैसा, र नुनमा २ रुपैयाँ सस्तो पाउने छन् । चाडबाडको समयमा उपभोक्तालाई राहत दिन नेपाल सरकारको नीतिबमोजिम आगामी कात्तिक ९ गतेसम्म सुपथ मूल्य पसल सञ्चालन रहने कुवँरले बताउनुभयो । वडादशैं तथा तिहार पर्वलाई लक्षित गरी साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड अञ्चल कार्यालय, धनगढीले यहि भाद्र १६ गतेदेखि सूदुरपश्चिमका ७ ठाउँमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड अञ्चल कार्यालय धनगढीका सहायक प्रबन्धक केशवप्रसाद पाण्डेले जानकारी दिनभयो । कार्यालयले कैलालीको धनगढी र टीकापुर, डोटीको दीपायल, कञ्चनपुरको भीमदत्तनगर र बेलौरी, डडेलधुरा सदरमुकाम र बैतडीको पाटनमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याइएको कार्यालयका सहायक महाप्रबन्धक केशवप्रसाद पाण्डेले जानकारी दिनुभयो ।
 
 
 

radio programs

View All
  • On air शुभ प्रभात -by
  • up next बि.बि.सी नेपाली सेवा -by