अनाथ बालबालिकालाई खाद्यान्न सहयोग

img-featured

देवानन्द न्यौपाने ।

 लम्की, १९ भदौं / लम्कीचुहा नगरपालिकाले बल्चौरमा रहेका १४ जना अनाथ बालबालिकालाइ खाद्यान्न सहयोग गरेको छ । कालिमाता भनीने नरीन्ता शाहीले नेपाल अनाथ आश्रमको नाममा संरक्षण गदै आएकी १४ जना बालबालिकालाइ नगरपालिकाको कार्यालय खाद्यान्न सहयोग गरेको कार्यकारी अधिकृत लालबहादुर योगिले सामुदायिक रेडियो पश्चिम आवाजलाइ जानकारी दिनु भएको छ ।

नगरपालिकाले चामल एक क्वीन्टल, दाल १० किलो, तेल २ लिटर, नुन, किताव मसाला लगायतका खाद्यान्न सामग्री वितरण गरेको हो । आश्रम सञ्चालक कालिमाता केहि समय देखि आश्रममा रहनु भएको छैन । बालबालिकालाई ब्यावस्थीत रुपमा कानुनि प्रक्रिया मिलाइ राख्न महिला तथा बालबालिकाको कार्यालय धनगढीले बारम्बार आग्रह गर्दा समेत माताले कानुनको धज्जी उडाउदै आएकी छन ।

आश्रममा बझाङ्ग, बाजुरा, जाजगरको लगायत बिभिन्न जिल्लाका १६ बर्ष मुनिका बालबालिका बस्दै आएका छन । बालबालिकाको अवस्था नाजुक रहेको छ । बर्षातको समयमा समेत माटोले बनाएको झुपडिमा दिन काट्न बाध्य बालबालिकाको संरक्षण र कानुनि पक्रियामा संरक्षणको जिम्मा लगाउने काम तर्फ जिल्ला प्रशासनले समेत दिन नसक्दा बालबालिकाको अवस्था दर्दनाक रहेको छ ।

कैलाशधाम धार्मिक वनको कार्य योजना विपरीत कालिमाता सो ठाउमा बस्दै आएकी भन्दै जिल्ला बन कार्यालय कैलालीले कालिमाताले बनाएका भौतीक संरचना भतकाइ ठाउ खालि गर्न निर्देशन दिएको छ ।

radio programs

View All
  • On air भजनहरु -by
  • up next आजको कबिता -by