विर र एलिसाको जोडि बनयो भाईरल ।

 
 
विर र एलिसाको जोडि बनयो भाईरल ।
हरी चौधरी
जेष्ठ १० कैलाली
पछिल्लो समयमा थारु म्यूजिक भिडियोहरु बजारमा आउने क्रम बढेसंगै गायिका मनिषा पोख्रेलको चुरीया गुरीयाको म्युजिक भिडियो एका एक भाईरल बनेको छ  ।
  
बजारमा आएको केही दिनमै उक्त म्यूजिक भिडियो भाईरल बनेको छ । सुबेश कठरीयाको शब्द, गाणेश चौधरीको संगित र  गायिका पोख्रेलको स्वर रहेको थारु भाषाको गीत सजन अईही एक दिन चुरीया गुरीया लैके बोलको गीतको म्युजिक भिडियो यतीबेला बजारमा भाइरल बनेको छ  ।
 
थारु चर्चित  मोडल विर चौधरी र एलिसा चौधरीले अभिनय गरेको उक्त म्युजिक भिडियोलाई दर्शकहरुले मन पराएका छन् । पछिल्लो केही समय यता थारु म्यूजिक भिडियो बजारमा आउने क्रम बढेपनि दर्शकले खासै मन पराएको देखीदैन कम लगानी, कलाकारको कमीकमजोरी, नयाँ प्रबिधिको प्रयोगको कमीले गर्दा बजारमा मार्केट लिन नसकेको देखिन्छ । यस म्यूजिक भिडियोमा भने चर्चित कलाकारहरुको अभिनय र दक्ष प्राबिधिक एवम नयाँ प्रबिधिको प्रयोगले गर्दा यस म्यूजिक भिडियोले झनै दर्शहरुको मन जित्न सफल भएको छ ।
सुधराम  दहितको  निर्देशन  रहेको उक्त म्युजिक भिडियोको छाँयाङकन बिहारी दहित र मनोज चौधरीले गरेका हुन् भने सम्पादन बिहारी दहितले गरेका हुन् । उक्त म्युजिक भिडियोको  सुतिङ   दाङ, देउखुरी, बाँके , बार्दिया र कैलालीका बिभिन्न पर्यटकीय ठाउमा छाँयाङकन गरीइको गरीएको थियो ।यस गितको अडियो रेकडिङ ड्रिम रेकडिङ स्टुडियो काठमाण्डौमा गरीएको थियो । उक्त म्युजिक भिडियो हामार म्यूँजिक बगीयाले बजारमा ल्याएको छ ।
 

radio programs

View All
  • On air भजनहरु -by
  • up next आजको कबिता -by