नेपाल शिक्षक संघ कैलालीको अध्यक्षमा गणेश प्रसाद ओझा बिजयी

 
 
देवानन्द न्यौपाने कैलाली फागुन, ३० / कैलालीको टीकापुरमा फागुन २७ र २८ गते सम्पन्न नेपाल शिक्षक संघको आठौ जिल्ला अधिवेशनबाट अध्यक्षमा गणेश प्रसाद ओझा बिजयी हुनुभएको छ । ओझा १ हजार २४ मत ल्याउदै बिजयी हुनुभएको हो, भने उहाका निकटतम प्रतिद्धवन्दी ज्ञानेन्द्र बहादुर शाहले १ हजार १३ मत प्राप्त गर्नु भएको छ । 
 
ओझाले आफ्ना निकटतम प्रतिद्धन्दी शाहलाई ११ मतले पछि पार्दै विजयी हासिल गर्नु भएको हो ।यस्तै महिला उपाध्यक्षमा ज्ञानेन्द्र शाह प्यानलबाट कल्पना पाठकले १ हजार ९ मत ल्याउदै बिजयी हुनु भएको छ । उहाका निकटतम प्रतिद्धन्दी ओझा प्यानलबाट लक्ष्मी रावलले ९ सय मत ल्याउनु भएको छ । उपाध्यक्षमा शाह प्यानलका राजेन्द्र बहादुर खडका १ हजार १६ मत ल्याउदै बिजयी हुनु भएको छ, उहाका निकटतम प्रतिद्धन्दी गजेन्द्र बहादुर शाहीले ८ सय ९० मत प्राप्त गर्नु भएको छ । 
 
यसैगरी शाह प्यानलबाट सचिबमा कर्ण बहादुर कुवरले १ हजार ३ मत ल्याउदै बिजयी हुनु भएको छ, उहाका निकटतम प्रतिद्धन्दी पदमराज जोेशीले ९ सय ३१ मत प्राप्त गर्नु भएको छ । 
 
शाह प्यानलका सचिव अर्थ तर्फका उम्मेद्धवार जय प्रकाश मित्रले ९ सय ५१ मत ल्याउदै बिजयी हुनु भएको छ भने उहाका निकटतम प्रतिद्धन्दी ओझा प्यानलका ठक्कर बहादुर बोहराले ९ सय ३१ मत प्राप्त गर्नु भएको छ । यसैगरी सह सचिबमा महिलातर्फ ओझा प्यानलबाट लक्ष्मी ओझाले ९ सय ८९ मत ल्याउदै बिजयी हुनु भएको छ भने, उहाका निकटतम प्रतिद्धन्दी शाह प्यानलकी सिमादेवी महत्तोले ८ सय ९५ मत प्राप्त गर्नु भएको छ । यस्तै सह–सचिबमा ओझा प्यानलबाट जंग बहादुर देउवाले ९ सय ५२ मत ल्याउदै बिजयी हुनु भएको छ । उहाका प्रतिद्धवन्दी शाह प्यानलका नृप बहादुर कुवरले ९ सय २३ मत प्राप्त गर्नु भएको छ ।
 
सह सचिब महिला अर्थमा ओझा प्यानलबाट निर्मला चौधरी ९ सय ८९ मत ल्याउदै बिजयी हुनु भएको छ । उहाका निकटतम प्रतिद्धन्दी शाह प्यानलकी दिपा बडायकले ८ सय ८४ मत प्राप्त गर्नु भएको छ । 
 
यसैगरी सह–सचिबमा समावेशीतर्फ ओझा प्यानलका परशुराम चौधरीले १ हजार ३५ मत ल्याउदै बिजयी हुनु भएको छ । उहाका प्रतिद्धवन्दी शाह प्यानलका वैदेही रानाले ८ सय ५२ मत प्राप्त गर्नु भएको छ ।
 
 सह–सचिब समावेशीमै शाह प्यानलका भक्तराज राना ९ सय ७३ मत ल्याउदै विजयी हुनु भएको छ भने उहाका प्रतिद्धवन्दी ओझा प्यानलका जादोलाल रायले ८ सय ५३ प्राप्त गर्नु भएको छ । यसैगरी प्रदेश अधिवेशन प्रतिनिधि र संघीय महाधिवेशन प्रतिनिधिमा पनि मिश्रित परिणाम आएको छ । २३ सय ९७ मतदाता संख्यारहेकोमा २ हजार ९५ मतखसेको जनाइएको छ् । 
 

 

radio programs

View All
  • On air आजको खबर -by News Tem Radio paschim aawaj
  • up next शुभ प्रभात -by